Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

Dr Rajan Govinda Mulmi

छिद्रित वा फुटेको जाली भनेको, बाहिरी कान र मध्य कान छुट्याउने पातलो तन्तु (tympanic membrane)मा भएको प्वाल वा छेड् भनि बुझिन्छ। बाहिरी कान हुदै आउने ध्वनि तरंगले कानको जाली कम्पन गराउँछ र आवाजलाई मध्य कान हुदै भित्रि कानसम्म प्रबाह गर्दछ। 

 

कानको जाली नाजुक हुन्छ र प्रायः मध्य कान (otitis media) को संक्रमणले गर्दा छिद्रित हुन सक्छ, तर अन्य आघातहरूबाट पनि छिद्रित हुन्छ, जस्तै:

  • ब्यारोट्राउमा: वायुमण्डलीय दबाव परिवर्तनको कारणले हुने आघात (हवाईजहाज उडान वा स्कुबा डाईभिगं)।
  • बाहिरी तत्वहरू: कटन बड वा टुथपिक जस्ता वस्तुले कान कोट्याउँदा।
  • ध्वनिक आघात: अचानक ठूलो वा विस्फोटको आवाजले कानको जाली फुट्न सक्छ।
  • कानको आघात: कानमा चोटपटक, थप्पड लाग्दा, जाली फुट्न सक्छ।
  • टाउकोमा चोटपटक लाग्दा, कानको जालीमा असर पर्न सक्छ।

 

छिद्रित कानको पर्दाले श्रवणशक्ति गुमाउन / श्रवण ह्रास हुन सक्छ र मध्य कानलाई पनि संक्रमणको जोखिममा पार्न सक्छ।

एक्कासी फुटेको जाली, संक्रमण नभएको अवस्थामा सामान्यतया केही हप्ता भित्र निको हुने सम्भावना छ। तर यदि पुरानो छ भने, यो शल्यक्रिया द्वारा मर्मत गर्नुपर्ने आवश्यक हुन्छ।

 छिद्रित जालीका लक्षणहरू:

  • तीव्र छिद्र:
    • कान दुख्ने,
    • कान बन्द भएको अनुभूति हुने,
    • कानबाट म्यूकस जस्तो वा रगत जस्तो तरल बग्ने
    • कानमा पर आवाज बज्ने।
  • पुरानो छिद्र:
    • बारम्बार कान वाट म्यूकस वा पिप बग्ने,
    • सुन्ने क्षमतामा कमी आउने,
    • चक्कर आउने,

 

 निदान

  • ईएनटी चिकित्सकले ओटोस्कोप वाट भिजुअल निरीक्षण गरेर तपाईंको कानको ड्रम फुटेको (छिद्रो) भएको छ/छैन निर्धारण गर्न सक्छन्।
  • अडियोलोजी जाँच: अडियोग्राम टेष्टले तपाईंको श्रवणशक्तिको मापन गर्न सकिन्छ।
  • ल्याव टेस्ट: यदि कानबाट बग्छ भने, कल्चर जाँच गरि कुन ब्याक्टेरियाले संक्रमण गराएको पत्ता लगाउन सकिन्छ।

 

उपचार

  • यदि कानमा सक्रिय डिस्चार्ज छ भने, चिकित्सकले एन्टिबायोटिक ड्रपहरू र केही औषधिहरू सेवन गर्न सिफारिस गर्नेछन्। यदि कानको संक्रमण बारम्बार छ, वा छिद्र स्थायी छ भने, शल्यक्रियाको सिफारिस गर्नेछ।
  • कानको जालीको शल्यक्रियालाई Tympanoplasty (Myringoplasty) भनिन्छ। यस शल्यक्रियामा, जालीको प्वाल/छेड मर्मत गर्न तपाईंको आफ्नै कान वरपरका तन्तुको प्रयोग गरिन्छ। वयस्कहरूमा, यो शल्यक्रिया सामान्यतया local anesthesia (कान लठ्याउने) अन्तर्गत डे केयरको आधारमा गरिन्छ, र अन्यथा संकेत नभएमा , तपाईं सोही दिन घर जान सक्नुहुन्छ।
  • शल्यक्रिया पछि, तपाईं अर्को दिन देखि नै आफ्नो दैनिक गतिविधिहरूमा फर्कन सक्नुहुन्छ, तथापि, ३ हप्ता सम्म विशेष ध्यान दिनुपर्छ, जस्तै, तपाईंले उडानहरू नगर्ने, चिसो लाग्न, रूघा खोकी लाग्न वाट बच्ने, नाक सिं सिं नगर्ने, भारी नउठाउने।
  • शल्यक्रियाको अन्तिम मूल्याङ्कन सामान्यतया ३ महिनामा गरिन्छ, जहाँ जाली बसेको/नबसेको र तपाइँको सुनुवाइको पुन: मूल्याङ्कन गरिन्छ।

 

डा राजन, ENT Healthcare मा नाक कान घाँटी विशेषज्ञ हुनुहुन्छ।

To chat with Dr Rajan 👉

To  book appointment 👉