Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

Dr J P Pradhananga

कान मानव शरीरको एक संवेदनशील अंग हो । कानलाई ३ भागमा विभाजन गरिन्छ। बाहिरि, मध्य र भित्रि कान । बाहिरी र मध्यकानले ध्वनिलाई भित्रि कानसम्म प्रवाह गर्दछ । भित्रि कानले सो ध्वनीलाई प्राप्त गरि तंत्रिका (nerves) माध्यमबाट मस्तिष्क भित्रको श्रवण केन्द्रसम्म पुर्याउँछ जहाँ आवाज भनि व्याख्या हुन्छ । त्यसैगरी, भित्रि कानले शरिरलाई आयाममा सन्तुलन (Balance in Space) राख्ने काम पनि गर्दछ ।

साधारणतया कान पाक्ने भन्नाले बाहिरि वा मध्य कानको संक्रमणलाई बुझिन्छ । कान कोट्याउनु, कानमा चोट लाग्नु, कानमा तेल/पानी पस्नु, फोहोर जम्मा हुनु, खटिरा आउनु, ढुसी पर्नु आदि कारणले बाहिरी कान पाक्ने गर्दछ । त्यसैगरी, चिसो लाग्नु, रुघा/खोकि लाग्नु, घाँटीको संक्रमण हुनु, कानको जालिमा प्वाल भएको अवस्थामा बाहिरबाट फोहोर/धुलो, पानि पस्नु आदि कारणले मध्ये कान पाक्ने गर्दछ ।

मध्य कानको संक्रमण (Otitis Media) साधारणतया तीन किसिमका हुन्छन्ः

    • पहिलो, मध्य कानमा तरल पदार्थ जम्मा भई संक्रमण हुनु,

    • दोश्रो, कानको जालिमा प्वाल परि पटक–पटक मध्यकान पाकि रहनु,

    • तेस्रो मध्यकानको माथिल्लो भागमा (attic) संक्रमण भई हड्डी कुहिने रोग लाग्नु र यस्तो अवस्थामा रोग वरिपरि फैलिने (Mastoiditis), अनुहारमा जाने नशा संक्रमण हुने ( Facial Paralysis) वा दिमागमा फैलिएर (Brain Abscess) प्राणघातक संक्रमण हुनसक्ने सम्भावना हुन्छ । त्यसैगरी, भित्रि कानको संक्रमण भई श्रवण शक्ति हराउनु, चक्कर लाग्नु आदि समस्या आउन सक्छ ।

कान संक्रमणका लक्षणहरु:

    • कान सुन्निनु/कान वरिपरि सुन्निनु 

    • कान चिलाउन,

    • कान दुख्नु

    • कानबाट पीप/रगत/तरल पदार्थ बग्नु

    • श्रवण शक्तिमा कमि आउनु/कान बन्द भएको महशुश हुनु

    • कान बज्नु/पर आवाज आईरहनु

    • रिंगटा/चक्र लाग्नु

उपचार:

    • बाहिरी कानको संक्रमण औषधि उपचारबाट निको गर्न सकिन्छ । कहिले काही पीप जमेको अवस्थामा (Abscess ) सानो चिरफार गर्नुपर्ने हुनसक्छ ।

    • कानको जालिमा छेड्/प्वाल भएको अवस्था र पटक–पटक पाकि रहेमा मध्य कानका संरचनाहरु क्षति हुँदै जाने र श्रवण शक्तिमा पनि कमि आउनसक्ने भएकोले त्यस्तो अवस्थामा जालिको र आवश्यकता अनुसार मध्यकानका संरचनाहरुका शल्यक्रिया (Tympanoplasty) गर्नु उपयुक्त हुन्छ । सो शल्यकृयाको लक्ष्य भविष्यमा मध्य कानलाई संक्रमण हुनबाट रोकथाम गर्नु हो । सो शल्यक्रियापश्चात धेरैजसो बिरामीको श्रवण शक्तिमा सुधार आउन सक्छ भने १० प्रतिशत मा विभिन्न कारणले जालि नबस्ने सम्भावना पनि हुन्छ ।


    • मध्यकानको हड्डी कुहिने संक्रमण भएमा, कानबाट थोरै मात्रामा बाक्लो गन्हाउने पीप आउँछ र सो संक्रमण कान वरिपरि वा दिमागतीर फैलिने र थप जटिलता आउनसक्ने सम्भावना भएकोले समयमै शल्यकृयाद्वारा उपचार गर्नु आवश्यक हुन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 विरामीले ध्यान दिनुपर्ने कुराहरुः

    • कानमा हुने कानेगुजि प्राकृतिक रुपमै विस्तारै बाहिर जाने भएकोले कटनबडले सफा गरिरहनु पर्ने आवश्यक छैन ।

    • कान भित्र पानि /तेल परेमा कान पाक्ने समस्या आउन सक्छ, तसर्थ कान भित्र तेल राख्ने, नुहाउँदा कानमा पानी छ्याप्ने गर्नु हुँदैन।

    • कान दुख्यो, कान बन्द भयो भन्दैमा कानमा राख्ने थोपा प्रयोग गर्नु हुँदैन, कानमा कस्तो खालको संक्रमण भएको छ, त्यसअनुसार उपचार गर्नु पर्दछ, अन्यथा गलत औषधिको प्रयोगले रोग झन जटिल हुने सम्भावना हुन्छ।

    • कान पाक्ने समस्या भई रहेकाहरुले पौडि खेल्नु हुन्दैन, खेल्नै पर्ने भए उच्च गुणस्तरका ear plugs प्रयोग गर्नु पर्दछ।

    • कान रोग भएका बिरामीहरुले चिसो, धुलो, धुवाँबाट बच्नुपर्दछ।

    • कानमा कुनै समस्या भएमा, कान पाकेमा तुरुन्त सम्भव भएसम्म नाक कान घाँटी विशेषज्ञ नभए चिकित्कसँग परामर्श अवश्य गर्नु पर्दछ। आफूखुशी वा औषधि पसलले भनेकै भरमा मात्र औषधि प्रयोग गरेर रोगलाई अझ जोखिम/जटिल बनाउने काम गर्नु हुँदैन।

    • कानबाट पीप बगेको बेला कानमा कपास राख्नु हुँदैन, पीपलाई बाहिर नै बग्न दिनुपर्दछ।

    • एन्टिवायोटिक्स अनावश्यक सेवन गर्नु हुँदैन, चिकित्सकको परामर्शअनुसार मात्र प्रयोग गर्नुपर्छ।

    • ज्वरो आएको बेला वा रुघाखोकि संक्रमणको वेला एक्कासी कान वन्द भयो वा सुन्ने शक्ति कम भएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ ।

स्वास्थ्यकिर्मिहरुले ध्यान दिनपर्ने कुराहरुः

    • कानबाट पीप आइरहेको अवस्थामा, सिन्कामा कपास बेरेर प्रत्यक्ष निगरानीमा (direct visualization ) विस्तारै पीप सफा गर्नु पर्दछ । औषधि मात्र दिएर पुग्दैन । २–३ दिनमा सुधार देखिएन भने नाक कान घाँटी विशेषज्ञलाई प्रेषण (refer) गर्नुपर्दछ ।

    • कान पटक–पटक पाकिरहन्छ वा कानबाट गन्हाउने पीप आउँछ, कान पछाडिको हड्डी सुन्निएको छ छ भने नाक कान घाँटी विशेषज्ञलाई प्रेषण गर्नुपर्दछ ।

    • ज्वरो आएको वा रुखा/खोकि लागेको बिरामीहरुले एक्कासी कान बन्द भयो/श्रवणशक्ति कम भयो भनेर शिकायत गरेमा तुरुन्त नाक कान घाँटी विशेषज्ञलाई प्रेषण गर्नुपर्दछ।

स्वास्थ्यसबन्धि कुनै समस्या भएमा चिकित्सकसँग अवश्य परामर्श गरिनुपर्दछ । अनावश्यक रुपमा आफूखुशि वा औषधि पसलले दिएकै भरमा औषधिहरु (विशेषगरि एन्टिवाइटिक्स) सेवन वा प्रयोग गर्नु हुँदैन।   

डा. जयेन्द्र, शंखमुल काठमाडौं स्थित ENT Healthcare मा सिनियर क्लिनिसियन् रूपमा कार्यरत हुनुहुन्छ।

To chat with Dr J P Pradhananga, please click the link 👉

For clinic appointment, please click the link 👉