Mail Us

Info@enthealthcare.com.np

Call Us

+977-15242510

घाँटीमा केही अड्किएको अनुभूति हुने समस्या

ग्लोबस फरिन्जियस, जसलाई ग्लोबस सेन्सेसन पनि भनिन्छ, गला वा घाँटीमा केही अड्किएको वा निचोरिएको अनुभूति हुने अवस्था हो। यो सामान्यतया गम्भीर अवस्था होइन, तर यो अनुभव गर्नेहरूको लागि यो धेरै कष्टप्रद र असहज हुन सक्छ। यो रोग महिलाहरुमा वढि देखिन्छ। यसको कारणहरू, लक्षणहरू, र उपलब्ध उपचारहरूको बारे जानकारी भएमा यस रोग यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्न सकिन्छ।

कारणहरू Causes:

ग्लोबस फरिन्जियसका विभिन्न कारणहरू छन्

  • तनाव र चिन्ता Stress and Anxiety: तनाव र चिन्ता जस्ता मनोवैज्ञानिक कारकहरूले घाँटीमा मांसपेशी तनाव निम्त्याउन सक्छ, जसले गर्दा गाँठोको अनुभूति हुन सक्छ।
  • ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिज (GERD): पेटको एसिड रिफ्लक्सले घाँटी र अन्ननलीमा जलन गराउन सक्छ, जसले गर्दा केही अड्किएको महसुस हुन सक्छ।
  • सुख्खा घाँटी dry throat: निर्जलीकरण dehydration वा सुख्खा हावाले घाँटी सुख्खा हुन सक्छ, लगातार गला सुक्नुले यस्तो अनुभूति गराउन सक्छ।
  • मांसपेशीको समस्या muscle dysfunction: घाँटीको मांसपेशीहरूको असामान्य संकुचनले ग्लोबस फरिन्जियस गराउन सक्छ।
  • एलर्जी Allergy: एलर्जीको कारणले गला सुन्निने र असहज हुने सम्भावना हुन्छ।
  • संक्रमण Infections: गला तथा घाँटीको संक्रमण (Pharyngitis, Tonsillitis, Laryngitis)ले पनि गलामा केही अड्किएको जस्तो अनुभव गराउन सक्छ।
  • गाठो, ट्युमर Lumps, Tumor : घाँटी वा थाइराइड ग्रन्थीमा गाँठो, डल्ला, ट्युमर पलाएको अवस्थामा पनि केही अड्किएको महसुस हुन सक्छ।
  • पोस्टनेसल ड्रिप Post nasal drip: नाकको भागबाट घाँटीको पछाडि सिगान बगिरहने समस्याले जलन र गाँठो जस्तो सनसनी हुन सक्छ।

लक्षणहरू Symptoms:

ग्लोबस फरिन्जियसको प्राथमिक लक्षण घाँटीमा गाँठो वा केही अड्किएको भान, अनुभूति हो। अन्य सम्बन्धित लक्षणहरू निम्नानुसार छन्:

  • घाँटीमा दबाब, गलेको वा कसिएको महसुस हुनु,
  • घाँटी बारम्बार सफा (ख्याक् ख्याक्) गर्न मन लाग्नु
  • घाँटीमा बारम्बार थुक निलिरहनु पर्ने जस्तो भान हुनु,
  • घाँटीमा हल्का दुखाइ वा असहजता महसुस गर्नु,
निदान Diagnosis:

ग्लोबस फरिन्जियसको निदानका लागि चिकित्सकले निम्न विधिहरू अपनाउन सक्छन्:

  • चिकित्सकीय इतिहास Medical history: बिरामीको लक्षण, चिकित्सा इतिहास, र लक्षणहरूको कुनै पनि सम्भावित ट्रिगरहरू बारेमा जानकारी लिने।
  • शारीरिक परीक्षण Physical examination: गला र घाँटीको शारीरिक परीक्षण गरि कुनै पनि असामान्यताहरू छ छैन यकिन जाँच गर्ने।
  • इन्डोस्कोपी Endoscopy: गला आन्तरिक जाँच गर्न एन्डोस्कोपी प्रयोग गर्ने।
  • भिडियो एक्सरे Ultrasound Scan: गला र घाँटीको संरचनाहरू जाँच्न अल्ट्रासाउन्ड गर्ने।
  • रगत जाँच Blood Test: थाइराइड, हेमोग्लोबिन्, रेनल फन्कसन् आदि जस्ता रगत जाँच आग्रह गर्न सक्ने,
उपचार Treatment

ग्लोबस फरिन्जसको उपचारमा सामान्यतया अन्तर्निहित कारण (underlying cause)लाई सम्बोधन गर्नेमा केन्द्रित हुन्छ। केही सामान्य उपचारहरू निम्न प्रकारले गर्न सकिन्छ:

  • तनाव व्यवस्थापन Stress management: ध्यान, योग, र परामर्श जस्ता प्रविधिहरूले तनाव र चिन्ता कम गर्न, घाँटीमा मांसपेशी तनाव कम गर्न मद्दत गर्न सक्छ।
  • औषधि Medications: GERD, संक्रमण वा एलर्जीको लागि चिकित्सकको सल्लाह अनुसार औषधि लिने।
  • थेरापी Therapy: यदि गला र घाँटीको मांसपेशी डिसफंक्शन, लक्षणहरूको कारक हो भने वाक वा शारीरिक थेरापीले मद्दत गर्न सक्छ।
  • स्वास्थ्यकर जीवनशैली Healthy Lifestyle: स्वस्थ खानपान गर्ने, धूम्रपान नगर्ने, र पर्याप्त पानी पिउने।
  • मनोवैज्ञानिक चिकित्सक परामर्श Psychiatrist: मनोवैज्ञानिक चिकित्सक परामर्शको सहायताले तनाव र चिन्ता व्यवस्थापन गर्न सकिन्छ।
निष्कर्ष Conclusion

Globus pharyngeus एक सामान्य तर अक्सर गलत बुझिएको अवस्था हो, जसले जीवनलाई केही असहज बनाउन सक्छ, तर यो प्रायः गम्भीर हुँदैन। सही परामर्श, सल्लाह र उपचारले यो समस्या समाधान गर्न सकिन्छ। यदि तपाईंलाई ग्लोबस फरिन्जियसको लक्षण देखिन्छ भने, चिकित्सकसँग परामर्श लिनुहोस् र सही उपचार अपनाउनुहोस्।

सचेत रहनुहोस्, स्वस्थ रहनुहोस् !

थप जानकारीको लागि वा हाम्रो क्लिनिकमा विशेषज्ञहरूसँग परामर्श गर्न, अपोइन्टमेन्टको लागि कृपया बटनमा क्लिक गर्नुहोस्: