Globus Pharyngeus भनेको घाँटीमा गाँठो वा केहि अड्किएको अनुभूति वा भान हुने हो।
यस् लक्षणको सबैभन्दा सामान्य कारणहरू हुन्:
- ग्यास्ट्रिक रिफ्लक्स।
- साइकोजेनिक कारण।
- गलाको सूजन।
- घाँटीको ट्यूमर।
- टन्सिलको ठुलो आकार।
- थाइरोइड ग्रंथिको गाँठो।
यस ब्लगमा, हामी यस लक्षणको साइकोजेनिक कारणमा ध्यान केन्द्रित गर्नेछौं, जसलाई चिकित्सा शब्दावलीमा ग्लोबस फारिन्जस वा हिस्टेरिकस फारिन्जियस भनिन्छ। यसलाई “दबिएको भावनाको शारीरिक अभिव्यक्ति” को रूपमा वर्णन गरिने गर्दछ।
विशेषताहरु:
- यस्ता लक्षण महिलामा बढी देखिन्छन् ।
- सामान्यतया त्यहाँ तनावपूर्ण जीवन घटनाहरूको इतिहास छ, जस्तै पारिवारिक त्रासदी, जागिर समाप्ति आदि।
- सह-रोगीता: एन्जाइटि र डिप्रेसन
- धेरैजसो बिरामीले विभिन्न क्लिनिकहरूमा जचाएको हुन्छ तर लक्षणहरूमा कुनै सुधार नभएको गुनासो गर्दछ।
लक्षणहरू:
- घाँटीमा गाँठोको अनुभूति।
- बारम्बार निल्ने, जसले घाँटीको अपर्याप्त हाइड्रेसन निम्त्याउँछ र लक्षणहरू बढ्छ।
- सड्किएको भान हुने
- सास फेर्न गाह्रो भएको महसुस हुनु
- मनमा कुरा खेलिरहने
- निद्राको गडबड
- अरू गतिविधिमा व्यस्त हुँदा लक्षणहरू हराउँछन्।
- खाना खाँदा लक्षण बढ्दैन।
- रोगीले निल्ँदा, वाकवाकी वा छातीमा दुखाइको गुनासो गर्दैन।
जाँच:
- डाक्टर द्वारा शारीरिक परीक्षण गर्दा घाँटी मा कुनै असामान्यता देखिन्दैन।
- घाँटीको एन्डोस्कोपी, घाँटीको USG स्क्यान जस्ता जाँचहरूले सामान्य निष्कर्षहरू देखाउँछन्।
डाईग्नोसिस:
यस रोगको निदान विरामीको इतिहास र लक्षणहरूमा आधारित हुन्छ
उपचार:
- परामर्श र आश्वासन
- औषधिहरू
- मनोचिकित्सक रेफरल।
Dr. J P Pradhananga, Senior Clinician, Ear Nose & Throat Unit